INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

काठेखोला गाउँपालिकाकी १५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा  काठेखोला गाउँपालिका–६ का १९ वर्षीय प्रेम परियार र सोही ठाउँका २४ वर्षीय सुन्दर विकला‌ई  प्रहरी चौकी विहुँको प्रहरी टोलीले असोज २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूले असोज २० गते बिहान विद्यालय गइरहेको बेला बन्धक बनाइ जबरजस्ती मोटरसाइकलमा राखी विहुँको रामकोट शिवमन्दिको जङ्गलतर्फ लगेको भन्दै पीडितकी साथीले परिवारलाई खबर गरेकी थिइन् ।

पीडित परिवारले घटना बारे तत्काल विद्यालयमा जानकारी गराएको र विद्यालयले प्रहरीलाई जानकारी गराएपछि एक घण्टामै पीडितलाई प्रहरी चौकी विहुँको प्रहरी टोलीले सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी राजेन्द्र प्रसाद रेग्मीले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।

उहाँले आरोपितहरूलाई असोज २१ गते जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २१ गते धौलागिरी अस्पताल बागलुङमा  गरी परिवारको जिम्मा लगाइएको छ ।

अन्य

भिडियो