१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनुषाधामले धनुषाधाम नपा–७ किसानपुरका २० वर्षीय जिवछ रामलाई असोज २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले असोज २० गते इलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दिएकी छिन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २० गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर सुरेश ठाकुरले बताउनु भयो ।