INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा २१ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असोज २० गते पीडितका नातेदार ४६ वर्षीय पुरुषलाई २१ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले २१ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७५ चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको थियो ।  जिल्ला अदालतको ०७६ वैशाख १० गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते जिल्ला अस्पताल, पाल्पामा गरिएको थियो ।

अन्य

भिडियो