१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–५ का १३ र १४ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्वयविरूद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २० गते गरिएको छ ।