पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– १६ का २१ वर्षीय गौरव शाहलाई असोज १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर दीपक थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको घरमा आरोपितले होम ट्युशन पढाउँदै आएको र सोही क्रममा आरोपितले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर थापाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण कोशी अस्पतालमा असोज १८ गते गरिएको छ ।