INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा खानेपानी र बिजुलीको समस्या

जिल्ला कारागार जुम्लाका कैदीबन्दीले खानेपानी र बिजुलीको समस्या भएको गुनासो गरेका छन् ।

बन्दी खड्कजित रोकायाले भन्नुभयो- ‘अहिले पनि तीला नदीको दुषित पानी कारागारमा प्रयोग भइरहेको छ । त्यही दुषित पानी खाएकै कारण यहाँका कैदीबन्दी बिरामी हुने गरेका छन् ।’

कैदीबन्दीलाई भदौ १५ गते उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर धिरज गुरुङ्गले दुषित पानी पिउदा बिरामी भएको बताएका पनि आफूहरूसँग अर्को विकल्प नरहेको रोकायाले गुनासो गर्नुभयो ।

नाइके खाम्बा रोकायाका अनुसार कारागारमा खानेपानी नहुदा सरसफाईदेखि शौचालय प्रयोगमा समस्या भएको छ । त्यसैगरी बिजुली नियमित नहुँदा अध्ययनदेखी अन्य सिपमुलक काम गर्न पनि समस्या भएको उहाँको भनाइ छ ।

२ सय जनाको क्षमता रहेको कारागारमा एक जना महिला सहित १ सय १० जना कैदीबन्दी रहेका छन् । यस मध्ये नौ जना कोरोना संक्रमित भएपनि अहिले निको भइसकेको जेलर गयाप्रसाद पाण्डेले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

कारागार विशेष क्षेत्र भएकाले पानी र बिजुली नियमित प्रदान गर्न सम्बन्धित निकायसँग पहल गरेपनि समस्या समाधान हुन नसकेको जेलर पाण्डेले भनाई छ । उहाँका अनुसार कारागारमा प्रयोग गरिने पानी जेनेरेटरबाट तीला नदीबाट ल्याउने गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सदरमुकाम खलङ्गामा पानी र बिजुलीको समस्या भएपनि सम्बन्धित निकायलाई निर्देशन गरी कारागारमा नियमित पानी र बिजुली आपूर्ति गरिने आश्वासन दिनुभयो ।

अन्य

भिडियो