INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–३ की ३८ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले ठाँउकी २९ वर्षीया धनहीरा राईलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कथित बोक्सीको आरोपमा असोज १४ गते कुटपिट गरेको भन्दै पीडित पक्षले असोज १५ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएको थियो ।

आरोपितले आफूमा देऊता सवार भएको भन्दै असोज १४ गते पीडितलाई त्रिशुल प्रहार गरी घाइते बनाएको भिडियोसहित पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कुटपिटबाट पीडितको पेट,हात,पाखुरामा चोट लागेको इन्स्पेक्टर ढकालले बताउनु भयो ।

पीडितको उपचार असोज १५ गते बेलवारी स्वास्थ्यस्थित एक क्लिनिकमा गरिएको छ ।

अन्य

भिडियो