३० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा गोदावरी नगरपालिका—४ का २५ वर्षीय बसन्त बोहराविरुद्ध पीडित पक्षले असोज ११ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको भएपनि जिल्ला प्रहरी कार्यालय, कैलालीले असोज १३ गते दर्ता गरेको छ ।
फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक बिष्टले इन्सेक प्रतिनधिसँगको भेटमा बताउनु भयो ।
पीडित महिलामाथि असोज ४ गते बलात्कारको प्रयास गरिएको भएपनि आरोपित फरार रहेकाले पीडित पक्षले प्रहरीमा उजुरी दिन ढिला गरेको गोदावरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रेम भण्डारीले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।