१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–५ का ५८ वर्षीय टेकबहादुर बुढाथोकीलाई असोज ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ९ गते गरिएको छ ।