बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मीना राईको असोज ९ गते हत्या गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असोज ११ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले असोज ९ गते विवादका क्रममा हत्या गरेको आरोपमा असोज ११ गते अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चतराका इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
इन्स्पेक्टर राजवंशीका अनुसार असोज ९ गते राति छिमेकी अनुषा राईको घरमा मीनाकी आमाको उपचारका लागि चिन्ता(धाँमीझाक्री) बसिएको र चिन्ता बसेको घरबाट राति साढे नौ बजे घर फर्किएकी मीनाको सोही राति साढे १० बजेको समयमा हत्या भएको आरोपमा तालिम प्राप्त कुकुरको सहयोगमा आरोपित बालकलाई गिरफ्तार गरिएको हो ।
मीनाका परिवारै चिन्ता बसेको घरमा गएको र राति साढे १० बजे मीना घर कुर्नका लागि घर आएको बेला आरोपितले विवादका क्रममा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।
मीनाको परिवारले घरमै चटपटे दोकान चलाउँदै आएको र आरोपित बालक राति साढे १० बजे चटपटे किन्न जाँदा मीनासँगको विवादमा आरोपितले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।
घटना असोज ९ गते राति भएपनि मीनाको परिवारले असोज १० गते बिहान साढे दुई बजेमात्र थाहा पाएको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।
घटना लगत्तै बलात्कार प्रयास वा बलात्कारपछि हत्या जस्तो देखिए पनि अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरेका आरोपितसँग चटपटेको विषयमा विवाद भएको र सोही विवादका क्रममा आरोपितले ढुङ्गाले हिर्काएर हत्या गरेको पाइएको इन्स्पेक्टर चौधरीले बताउनु भयो ।
घटना लगत्तै तालिम प्राप्त कुकुर लैलाको सहयोगमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।
सुरूमा कुकुरले आरोपित बाहेक नौ जनालाई सुँघेपछि उनीहरूलाई पनि गिरफ्तार गरेको तर अनुसन्धानका क्रममा आरोपित एक्लैले हत्या गरेको बयान दिएको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।
शवको पोष्टमार्टम असोज ११ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) धरानमा गरिएको छ ।
पोष्टमार्टम रिपोर्टमा हिर्काएर हत्या गरेको पुष्टि भएको जिल्लाा प्रहरी कार्यालयले जनाएको छ ।