INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

३९ वर्षीया महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै चौरजहारी नपा –१ बिजयश्वरीका २७ वर्षीय समिर सुनार विरूद्ध ०७७ असोज ७ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिनुभएको छ ।

आरोपितले पीडित महिलालाई भदौ २१ गते मदिरा सेवन गरी महिलाको घरमै गएर धकर पकर पारेको र यौन दुर्व्यवहार गर्न खोजेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले इन्सेकसँग बताउनुभयो । डिएसपी केसीका अनुसार फरार रहेका आरोपिको खोजी भइरहेको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ असोज ७ गते जिल्ला अस्पताल सल्लेमा गरिएको स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमका व्यवस्थापक डाक्टर महेश चौलागाइँले जानकारी दिनुभयो ।

अन्य

भिडियो