१६ वर्षीया बालिकाले आफू बलात्कार पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ८ गते उजुरी दिनुभएको छ ।
भरतपुरका १७ वर्षीय बालकले असोज २ गते बलात्कार गरेको भन्दै पीडित आफैले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताउनुभयो ।
आरोपित बालकलाई प्रहरीले असोज ७ गते गिरफ्तार गरी हिरासतमा राखि अनुसन्धान थालेको जनाएको छ । पीडित बालिकाको असोज ८ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिको छ ।