INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका सगरमाथा ब्यूरो इञ्चार्ज अदालत परिसरबाट गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट  पार्टीका  केन्द्रीय सदस्य तथा सगरमाथा ब्यरो इन्चार्ज भोजपुर, षडानन्द नगरपालिका–१४ का ४४ वर्षीय दिपेश राई (देवान) लाई प्रहरीले असोज  ६ गते जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले ३० हजार रुपियाँ धरौटीमा रिहा गरे लगत्तै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपित विरूद्ध जिल्ला अदालत भोजपुरमा समेत संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरी अभिलेख रहेकाले गिरफ्तार गरेको डिएसपी मल्लले बताउनु भयो ।

गिरफ्तारीमा परेका राईको असोज ६ गते  चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पीसीआर र स्वास्थ्य परीक्षण भएको मेडिकल अधिकृत विनोद बेकोजुले  बताउनु भयो । गिरफ्तारमा परेका राईलाई  असोज ६ गते नै भोजपुर पठाइएको सङ्खुवासभा प्रहरीले जनाएको छ ।

अन्य

भिडियो