INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएपछि फरार भएका चुलाचुली गाउँपालिका– २ का ३० वर्षीय अनिश राई र सोही स्थानका ३१ वर्षीय निश्चल राईलाई असोज ५ गते गिरफ्तार गरेको छ ।

आरोपितद्वयले ०६४ सालमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएको थियो । उजुरी लगत्तै आरोपित फरार भएका थिए ।

आरोपितद्वयविरूद्ध प्रहरीले बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतले ०६७ फागुन ११ गते ११ वर्ष १ महिना १५ दिन कैद र दुवैलाई जनही २१ हजार रुपियाँ जरिवानाको सजाय फैसला गरेको थियो ।

गिरफ्तारीमा परेका कसुरदारद्वयलाई असोज ५ गते नै जिल्ला अदालत इलामले कैद भुक्तानका लागि कारागार पठाएको डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनापछि कसुरदार वैदेशिक रोजगारीमा गएको र नेपाल आएपछि नाम परिर्वतन गरी बसेको सूचनाका आधारमा कसुरदारलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रशासनबाट जोगिन कसुरदारद्वयले नाम परिर्वतन गरेका थिए । फरार आरोपितहरूको खोजी गर्ने क्रममा उनीहरूलाई गिरफ्तार गरेको डिएसपी सुवेदीले बताउनु भयो ।

अनिशले नाम परिर्वतन गरी मिलन र निश्चलले नाम परिर्वतन गरी जीतकुमार राखेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो