१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१६ का ४८ वर्षीय कृष्णप्रसाद ढकाललाई असोज ५ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरी लगत्तै फरार रहेका आरोपितलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयमा एसपी कमल थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १० गते गरिएको छ ।