INSEC Online

📅 २०८३ असार १३

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१९ वर्षीया महिलालाई गत भदौ ३० गते बलात्कार प्रयास गरेको आरोपमा सुरुङ्गा नपा–५ का २० वर्षीय मोहम्मद सहादतविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले असोज ४ गते उजुरी दर्ता गरेको छ ।

पीडितले असोज ३ गते दिएको उजुरीका आधारमा आवश्यक अनुसन्धान पश्चात उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज ३ गते भएको छ । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इन्स्पेक्टर केशरीले बताउनु भयो ।

अन्य

भिडियो