INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–१ का ३८ वर्षीय बोखिले भनिने उत्तर राईलाई असोज ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई धम्की दिएर पटक–पटक बलात्कार गर्दै आएको र अन्तिम पटक असार ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाले असोज १ गते पेट दुखेको बताएपछि परिवारले जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

परीक्षणका क्रममा बालिका गर्भवती रहेको रिपोर्ट आएपछि आरोपितविरूद्ध प्रहरीमा उजुरी परेको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।

आरोपितले कसैलाई भने आमालाई मार्ने धम्की दिएर पटक–पटक बलात्कार गर्दै आएको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

अन्य

भिडियो