४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा -४ का २८ वर्षीय नातेदारलाई असोज २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ ३१ गते बलात्कार गरेको भन्दै पीडितले असोज १ गते इलाका प्रहरी कार्यालय, तुलसीपुर उजुरी दिएको इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरी आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १ गते राप्ती प्रादेशिक अस्पतालमा गरिएको छ ।
यसैगरी, १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पुरुषलाई असोज १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज १ गते मादक पदार्थ सेवन गरी बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा सोही दिन उजुरी इन्स्पेक्टर चक्रडम्वर पालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।