INSEC Online

📅 २०८३ जेष्ठ २१

अलपत्र परेकी सुत्केरीलाई इन्सेक प्रतिनिधिको पहलमा सहयोग

अलपत्र परेकी २२ वर्षीया  सुत्केरी महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा भदौ ३० गते राहत सामग्री सहयोग गरिएको छ ।

भएकी महिलालाई क्षिरेश्वर नपा–५ बस्ने २० वर्षीय शिवराज श्रेष्ठले  बलात्कार गरी पःरार रहेकाे भन्दै पीडितले सहयाेग मागेपिछि इन्सेक प्रतिनिधिकै पहलमा ०७६ फागुन ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कारसम्बन्धी उजुरी दर्ता गराइएको थियो ।

पीडितले दिएको उजुरी दर्ता गरी आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

भदौ ५ गते छोरा पाएकी पीडित महिलालाई खानाको लागि समस्या भएको भन्दै सहयोगको लागि अपिल गरेपछि ओरेक नेपाल धनुषाको सहयोगमा ग्याँस चुल्हो सेट एक थान, असहाय संरक्षण मंच जनकपुरको सहयोगमा २५ किलो चामल, एक किलो दाल, नुन, तेल, सावुन तथा प्याजलगायत खाद्य सामग्री सहयोग गरिएको छ ।

राहत सामग्री पाएपछि खुशी भएकी महिलाले सहयोग गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरेकी छन् ।

अन्य

भिडियो