त्रियुगा नगरपालिका–३ ठाडीटोलकी ३१ वर्षीया मीना खत्री सिंहलाई बन्चरो प्रहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति पारस सिंहलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।
आरोपितले घरायसी विवादका क्रममा भदौ ३० गते बञ्चरो प्रहार गरी घाईते बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
भदौ ३० गते दिउँसो ४ बजे बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध उजुरी दिएपछि जङ्गलमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेकाे जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बञ्चरो प्रहारबाट टाउकामा चोट लागेकी पीडितको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।