५७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका–७, माबुका ४६ वर्षीय मुलुकबहादुर गुरुङलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ ।
सुष्त मनस्थितिकी पीडित घरमा एक्लै सुतेको अवस्थामा आरोपितले घरको ढोका फोडेर भदौ १७ गते बलात्कार गरेको भन्दै पीडित परीवारले ०७७ भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपीतलाई प्रहरीले ०७७ भदौ २६ गते गिरफ्तार गरी अनुसन्धान थालेका र पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ भदौ २६ गते नै गरिको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर तथा प्रवक्ता रेशम बोहराले बताउनु भयो ।