टेम्केमैयुङ गाँउपालिका–५ की ४८ वर्षीया केशरमाया राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय देवर राजकुमार राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले घरायसी विवादका क्रममा भदौ २२ गते भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृषकुमार चन्दले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितविरूद्ध जिल्ला अदालतमा भदौ २४ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी चन्दले बताउनु भयो ।
शवको पोष्टमार्टम भदौ २४ गते जिल्ला अस्पतालमा गरिएको छ ।