INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना आरोपितविरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २२ गते लक्ष्मीनियाँ गाउँपालिका–२ बस्ने किराना तथा मदिरा पसल सञ्चालक ५५ वर्षीय बुधुवा साह भनिने बद्री साह सोनारविरूद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा दिएको उजुरी प्रहरीले भदौ २४ गते दर्ता गरेको सई रामपदार्थ साहले जानकारी दिनु भएको छ ।

पीडित बालिकालाई आरोपितले चकलेट दिने प्रलोभन देखाउँदै पसलको गोदाम घरमा लगी बलात्कार गरेको पीडित बालिकाकी आमाको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २१ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

पीडित पक्षको दबाब र मेडिकल रिपोर्ट आएपछि प्रहरीले पीडित बालिकाले दिएको उजुरी दर्ता गरेको हो ।

घटनामा संलग्न आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई रामपदार्थ साहले बताउनु भयो ।

अन्य

भिडियो