१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकविरूद्ध भदौ २२ गते उजुरी दर्ता गरेको छ ।
पीडित बालिकाको आमाको उजुरीका आधारमा आरोपित बालकलाई भदौ २१ गते गिरफ्तार गरी भदौ २२ गते उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।
डिएसपी सिंहका अनुसार उजुरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।
पीडित बालिकालाई आरोपितले भदौ २० गते बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ २१ गते गरिएको अस्पतालले जनाएको छ ।