INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दार्चुलाको मार्मा गाउँपालिका–७ घर भई हाल महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान ३० वर्षीय उपेन्द्र सिंहलाई भदौ २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरी वृत्त गौशालाका डीएसपी जीतेन्द्र बस्नेतका अनुसार पीडित महिलालाई भदौ २१ गते प्रहरी जवान सिंहले पीडितको घरमै गएर बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन प्रहरी वृत गौशालामा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २१ गते नै प्रसुति गृह थापाथलीमा गरिएको छ । आरोपितलाई भदौ २२ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी बस्नेतले बताउनुभयो ।

अन्य

भिडियो