१९ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिकाका ४१ वर्षीय पुरुषलाई ०७७ भदौ २१ गते घरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर तामाङले इन्सेक जिल्ला प्रतिनिधिसँग टेलिफोनमा बताउनु भयो ।
आरोपितले आफ्नै छोरीलाई पटक/पटक बलात्कार गर्दै आएको र अन्तिम पटक भदौ ४ गते घरछेउमा रहेको गोठमा बलात्कार गरेको पीडितको भनाई उदृत गर्दै इन्स्पेक्टर तामाङले बताउनु भयो ।
पीडितले भदौ १९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिनु भएको थियो । सोही दिन पीडितको स्वास्थ्य परीक्षण प्रथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको थियो ।
पीडितलाई संरक्षणका लागि महिला आत्मनिर्भता केन्द्र मेलम्चीको राखेको इन्स्पेक्टर तामाङले बताउनु भयो ।