१९ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाँउपालिका–२ का २३ वर्षीय दाजुलाई गिरफ्तार गरेको छ ।
आरोपितले साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ढिलो गरी भदौ १७ गते प्रहरी चौकी बुङमा मौखिक उजुरी दिएको थियो ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मन्दीप चौहानले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल फाप्लुमा भदौ १७ गते गरिएको छ ।