बर्दिया जिल्ला बाँसबारी नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३३ वर्षीया पार्वती खड्काको भदौ १८ गते हत्या गरेको आरोपमा पति ३६ वर्षीय अजय बिकलाई सोही दिन राती प्रहरीले गिरफ्तार गरेको छ ।
सामाान्य घर झगडामा पत्नीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा गिरफ्तार गरिएका महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्सपेक्टर वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
छुरा प्रहारबाट घाइते भएकी पार्वतीको भदौ १८ गते राती १ बजे नै बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । शवको पोष्टमार्टम भदौ १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको छ भने आरोपित बिकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा थुनामा राखिएको इन्सपेक्टर पौडेलले बताउनु भयो ।