INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई भदौ १५ गते नाम थर ठेगाना थाहा नभएका अन्दाजी १८ वर्षीय युवकले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय ढल्केवमा सोही दिन उजुरी दिएको छ ।

पीडित बालिकालाई मुखमा मास्क लगाएर आएका अपरिचित युवकले बलात्कार गरेको पीडित बालिकाले भदौ १८ गते इन्सेक धनुषा प्रतिनिधिलाई बताएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ । आरोपितको हुलियाको आधारमा खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर तीर्थबहादुर कार्कीले बताउनु भयो ।

अन्य

भिडियो