एक महिना अघि बलात्कारको घटनाबाट पीडित भएकी १४ वर्षीया बालिका भदौ १२ गतेबाट सम्पर्कविहीन भएको भन्दै बालिकाका बुवाले भदौ १३ गते इलाका प्रहरी कार्यालय थारमारेमा निवेदन दिनुभएको छ ।
बालिकाका बुवाले इन्सेक प्रतिनिधिसँग भन्नु भयो– ‘भदौ १२ गते दिनभरी परिवारसँगै भएकी छोरी साँझ आठ बजेतिर खाना खाएर कोठामा गएकी हो । केही समयपछि त्यहाँ नदेखेर जताततै खोजी गर्दा पनि नभेटेपछि प्रहरीलाई निवेदन दिएका छौं ।’
उजुरी आएसँगै बालिकाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
बागचौर नपास्थित ब्राइट रोजल्याण्ड बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ३६ वर्षीय रामचन्द्र केसीले बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटक पटक बलात्कार गरेको भन्दै साउन ८ गते इलाका प्रहरी कार्यालय थारमारेमा पीडित पक्षले उजुरी दिएका थिए ।
बलात्कार घटनाका आरोपित पक्षले मुद्दालाई प्रभावित बनाउन अपहरण गरेको हुनसक्ने बालिकाका परिवारको आरोप छ ।