बाँके बैजनाथ गाउँपालिका–१ की १७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा बागचौर नपा–८ का २५ वर्षीय दिपेन्द्र शर्मासहित पाँच जनालाई प्रहरीले भदौ १४ गते मण्डपबाटै गिरफ्तार गरेको छ ।
शर्माको घरमा विवाह भइरहेको सूचना पाएपछि सोही दिन ६५ वर्षीय बुबा रमेशप्रसाद शर्मा, ५९ वर्षीया आमा कुन्ता शर्मा र विवाह गराउन संलग्न पुरोहित बागचौर नपा–१ का ७० वर्षीय दुर्गादत्त शर्मा र पीडित बालिकालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
आरोपितहरूलाई जिल्ला अदालत सल्यानबाट भदौ १५ गते म्याद थप गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी खतिवडाको भनाइ छ ।