१० वर्षीया बालिकालाई भदौ १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–६ का ५० वर्षीय किशोर सदालाई सोही दिन गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भएको छ ।
पीडित बालिकाका तर्फबाट हजुरआमाले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १३ गते उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडित पक्षले जानकारी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १३ गते गरिएको छ ।