४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पुरुषलाई साउन ३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडितले साउन २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा दिएको उजुरीका आधारमा गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।