INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुलीको इन्द्रसरोवर गाउँपालिका–३ स्थायी घर भई हालकागेश्वरी मनहरा नगरपालिका–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई गिरफ्तार गरेको छ ।

आरोपितलाई प्रहरीले काठमाडाँको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र राठौरले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले साउन २८ गते वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा बालिकालाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाई वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जबरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी राठौरले बताउनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा खड्कालाई साउन २९ गते बिहान गिरफ्तार गरेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २९ गते थापाथली स्थीत प्रसुति गृहमा गरिएको एसपी राठौरले बताउनु भयो ।

अन्य

भिडियो