INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिमाथि खुकरी प्रहार, घटनाका आरोपित गिरफ्तार

केरावारी गाउँपालिकाका अध्यक्ष ४० वर्षीय रोहितबहादुर कार्कीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले केरावारी गाउँपालिका – १० का ३२ वर्षीय भुवन ठकुरीलाई साउन २ गते गिरफ्तार गरेको छ ।

आरोपितले पटके करको विषयलाई लिएर केरावारी गाउँपालिका–१० स्थित घरैमा बसिरहनु भएका गाउँपालिकाका अध्यक्षलाई साउन २ गते बिहान पौने १२ बजे खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

खुकुरी प्रहारबाट टाउको, हत्केला र पेटमा चोट लागेका पीडितको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

अन्य

भिडियो