INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  बिजयनगर गाउँपालिका–५ का २८ वर्षीय मुस्तफा भनिने अलामुद्धिन मुसलवानलाई वैशाख  १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख १६ गते शौचालय जाने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते इलाका प्रहरी कार्यालय गणेशपुरमा उजुरी दिएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख  १८ गते शिबराज अस्पताल, बहादुरगञ्जमा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो