महागढीमाई नगरपालिका बस्ने १५ वर्षीया बालिकाको सुवर्ण गाँउपालिका बस्ने २१ वर्षीय राकेशकुमार यादवसँग वैशाख ८ गते बालविवाह गरेको आरोपमा वैशाख ९ गते अस्थाई प्रहरी चौकी बरीयारपुर प्रहरीले बेहुला र बेहुलाका बुवालाई गरिफ्तार गरेको छ ।
बालविवाह गराएको भनि वैशाख ९ गते बालिका आफैले उजुरी दिएकाले पीडकलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी गौतम मिश्रले बताउनु भयो ।
प्रहरी चौकी बरियारपुरका असई राजकुमार यादवले वैशाख ७ गते केटी पक्षको घरमा गएर विवाह गर्ने उमेर नपुगेकाले शारीरिक क्षती हुने र कानूनले बालविवाह गर्न नहुने भनि सम्झाइ बुझाई विवाह नगर्ने सहमति भएको अस्थाई प्रहरी चौकी असई यादवले बताउनु भयो ।
त्यसै गरी, महागढीमाई नगरपालिका एक वडा अध्यक्षले पनि वैशाख ८ गते बालिकाको घरमा गएर बालविवाह नगर्न र कानुनको पालना गर्न सम्झाइ हिँडेको एक घण्टा पछि विवाह गरेको सुनेर अचम्म लागेको बताउनु भयो । उहाँले विवाह गरेर लकडाउनको समयमा टेम्पुमा केटाको घरमा गएको बताउनु भयो ।
गिरफ्तार बावु छोरालाई घटनाबारे थप अनुसन्धान गरी बालविवाह मुद्दा अन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी गौतम मिश्रले बताउनु भयो ।