INSEC Online

📅 २०८३ जेष्ठ २१

अखाद्य दाल विक्री गरेको घटनाका आरोपित गिरफ्तार

नोवेल कोरोना भाइरस (कोभिड–१९) रोगथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट अति प्रभावित अपाङ्ग, दलित, गरिब र अति विपन्न परिवारलाई राहत वितरण गर्दा अखाद्य दाल विक्री वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख ५१ वर्षीय राजेश राय यादव, आठ जना वडा अध्यक्ष, एक जना वडा सचिव, एक जना दाल किलका मालिक र एकजना कोल्ड स्टोरका कर्मचारीलाई गिरफ्तार गरि अनुसन्धान भइरहेको एसपी कृष्णप्रसाद पंगेनीले बताउनु भएको छ ।

राहतका लागि अखाद्य दाल विक्री गरेको आरोपमा नगर प्रमुख यादवलाई बैशाख ९ गते दिउँसो गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बयान लिईरहेको एसपी पंगेनीले बताउनु भयो ।

सोही उपमना–११ का वडा अध्यक्ष ६५ वर्षीय सर्बनारायण चौधरी, सोही उमनपा–१३ का वडा अध्यक्ष ४२ वर्षीय राजन कुर्माी, सोही उमनपा–२६ का वडा अध्यक्ष ४५ वर्षीय महेश साहलाई वैशाख ८ गते जिल्ला प्रहरी कर्यालयको प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरीरहेको छ ।

सोही उपमहानगरपालिक–१ का ५५ वर्षीय वडा अध्यक्ष हरिओम प्रसाद सोनार, सोही उमनपा–७ का ५१ वर्षीय वडा अध्यक्ष सर्फुल्लाह अन्सारी, सोही उमनपा–२० का वडा सचिव ४७ वर्षीय खेदु मियाँ अन्सारी, सोही उमनपा–२७ का ५१ वर्षीय वडा अध्यक्ष रेयाजुल हक अन्सारी, सोही उमनपा–७ मा सञ्चालित यादव आइस एण्ड कोल्ड स्टोरका कर्मचारी ४५ वर्षीय कृष्णप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालयको प्रहरीले वैशाख ७ गते निजहरूको घरबाट गिरफ्तार गरी अनुसन्धान गरीरहेको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ इनरुवामा सञ्चालित धनलक्ष्मी दाल मिलका सञ्चालक ४५ वर्षीय तेजकरण जैन शर्मालाई वैशाख ६ गते गिरफ्तार गरी अनुसन्धान गरीरहेको छ ।

अन्य

भिडियो