INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार अनुगमन समितिको सदस्यमा इन्सेक प्रदेश ५ का संयोजक मनोनित

प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिमा  इन्सेक प्रदेश ५ का संयोजक भोला महत मनोनित भएका छन् । वैशाख ४ गते बसेको प्रदेश स्तरीय बैठकले संयोजक महतलाई मनोनित गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अनुगमन कार्यविधि  अनुसार प्रदेश  स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ ।

प्रदेश स्तरी अनुगमन समितिमा आयोगका प्रदेश कार्यालय प्रमुखको संयोजकत्वमा  नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघका प्रदेश अध्यक्ष वा महासंघले तोकेको प्रतिनिधि रहने गरी प्रदेश स्तरीय अनुगमन समिति गठन हुने र प्रदेश स्तरीय अनुगमन समितिमा थप सदस्यको  आवश्यकता महसुस भएमा प्रदेशमा क्रियाशील एक जना मानव अधिकारकर्मीलाई प्रदेश समितिले मनोनित गर्न सक्ने व्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुसार प्रदेश स्तरीय समितिले अनुगमन समितिको कार्यविधि अनुसार  इन्सेक प्रदेश कार्यालयलाई पनि मनोनयन गरेको छ । बैठकले  विभिन्न निर्णय समेत गरेको  छ ।

 

अन्य

भिडियो