INSEC Online

📅 २०८३ जेष्ठ २१

लकडाउन उल्लङ्घन रोक्ने क्रममा प्रहरीसँग झडप हुँदा प्रहरीद्वारा हवाइ फायर, डिएसपी समेत घाइते

सिरहा नपा–१७ मा वैशाख १ गते साँझ लकडाउन उल्लङ्घनकर्ता स्थानीयहरू र प्रहरी बीच झडप भएको छ ।

नियमित गस्तिमा हिँडेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेको टोलीले लकडाउन उल्लङ्घन गरी सडकमा निस्कीएका स्थानीयहरूलाई रोक्ने क्रममा विवाद भएको र स्थानीयहरूले ढुङ्गामुडा गर्न थालेको सिरहाका डिएसपी बिनोद घिमिरेले बताउनु भयो ।

आफुले सम्झाउन खोज्दा स्थानीयहरूको भिडले ढुङ्गामुडा गरी प्रहरी कार्यालयको दुईओटा सवारी साधन बा १ झ ७२२७ र प्र.३ ०१.००२ झ ४८४६ नम्बरको गाडीको सिसा फुटेको डिएसपी घिमिरेले बताउनु भयो ।

स्थिति नियन्त्रणमा लिन २३ राउण्ड हवाई फायर गरी १४ जनालाई नियन्त्रणमा लिइएको डिएसपी घिमिरेले बताउनु भयो ।

उहाँ स्वयम् लगायत प्रहरी जवान दिनेश श्रेष्ठ, मनोज यादव र धर्मेन्द्र यादव घाइते भएको डिएसपी घिमिरेले बताउनु भयो ।

घाइते सबै जिल्ला अस्पताल सिरहामा उपचार पछि डिस्चार्ज भएका छन् ।

अन्य

भिडियो