INSEC Online

📅 २०८३ जेष्ठ २१

लकडाउन वैशाख १५ गतेसम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारेमा जानकारी दिनुहुँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुरक्षाका लागि वैशाख १५ गते मध्यरातसम्म लकडाउन कायम राख्ने निर्णय गरेको बताउनुभयो ।

“विश्वव्यापीरुपमा कोरोना भइरसको सङ्क्रमण फैलने सम्भावना कायम नै रहेको हुनाले यही वैशाख १५ गते सोमबार मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णय भएको छ ।”- मन्त्री डा. खतिवडाले भन्नुभयो ।

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा. खतिवडाले कोरोना भाइरसबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरुले चालेको प्रयास र अभ्यासलाई समेत ध्यानमा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-“नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तर्राष्ट्रिय सिमाना र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिएको छ । आदेशको पूर्ण पालना नगर्नेलाई कानूनबमोजिम कारवाही गर्ने निर्णय भएको छ ।”

अन्य

भिडियो