INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा खाद्य सामग्री वितरण

इन्सेक सप्तरीको पहलमा लकडाउनले समस्यामा परेका राजविराज५ र ६ का १० जना मजदुर, गरिब, विपन्नको घरघरमा चैत २४ गते खाद्य सामाग्री वितरण गरिएको छ ।

लकडाउनले समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब, विपन्न र अलपत्र परेकाहरुको घरमै पुगेर इन्सेक सप्तरीका जिल्ला प्रतिनिधी मनोहरकुमार पोखरेलले चामल, दाल, खाने तेल, आलु र नुन वितरण गर्नु भएको हो । ज्याला मजदुरी गर्न नपाएर भौकै परेका केही श्रमिक, विपन्नहरुले भने इन्सेक सप्तरीको कार्यालयमा आएर खाद्य सामाग्री लगेका छन् ।

माडबारी सेवा समितिले इन्सेक सप्तरीको अनुरोधमा चैत २४ गते उपलब्ध गराएको खाद्य सामाग्री तत्कालै वितरण गरिएको हो । प्रति परिवारलाई १० किलो चामल, दुई/दुई किलो दाल र आलु, एक लिटर खाने तेल र एक किलो नुनको पोका वितरण गर्न इन्सेक सप्तरीलाई उपलब्ध गराइएको समितिका अध्यक्ष सुरेश रुंगटाले जानकारी दिनुभयो ।

कोरोना भाइरस र लकडाउनले प्रभावित श्रमिक, गरिब किसान, विपन्नको तथ्याङ्क सङ्कलन नसकिएकाले स्थानीय तहहरुले राहत वितरण गर्न नसेकेका बेलामा मनकारी केही व्यक्ति र संस्थाले भने राहत वितरण थालेका हुन् ।

माडवारी सेवा समिति, बोदे बरसाईन नगर व्यापार समिति, राजविराज ५, ८ र कञ्चनरुप १२ का युवाहरु, लायन्स क्लब, राजविराज जेसीज, राजविराज९ का जवाहर यादव, सुरुङ्गा५ का जनकदेव साह, राजविराज६ का शैलेश चौधरी, राजविराज७ का सुभाष भन्सालीलगायतले छाक टार्न गाह्रो भई भोकभोकै बस्न बाध्य विपन्न तथा गरीब परिवारलाई राहत वितरण गरेका छन् । कतिपयले नाम सार्वजनिक नगर्ने शर्तमा गोप्य ढङ्गले पनि राहत वितरण गरेका छन् ।

अन्य

भिडियो