सरकारकाले देशभरका विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमूना परीक्षण सुरु गरेको छ ।
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमूना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा १२ सहित १ सय ७ जना आइसोलेशनमा रहेका छन् । देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ ।
नमूना परीक्षण गरिने स्थानहरू
प्रदेश १- सुनसरीको धरान
बागमती प्रदेश-काठमाडौँ, मकवानपुरको हेटौंडा, काभ्रेको धुलिखेल, चितवनको भरतपुर
गण्डकी प्रदेश-कास्कीको पोखरा
प्रदेश ५- रुपन्देहीको बुटवल र भैरहवा
कर्णाली प्रदेश-सुर्खेत
सुदूरपश्चिम प्रदेश-कैलालीको धनगढी
सरकारले लकडाउनको अवधि आठ दिन थप गरेर ०७७ को वैशाख ३ गतेसम्मलाई पुर्याएसँगै कोरोना परीक्षणलाई तीव्रता दिएको पनि मन्त्रालयले जनाएको छ ।