INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन राष्ट्रपतिको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गर्नु भएको छ ।

चैत २१ गते भिडियो सन्देशमार्फत उहाँले कोरोना भाइरसका कारण सिङ्गो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै यो लडाइँमा मानवजाति विजयी हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो-‘कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्छु ।’

राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यानदिनु अति आवश्यक रहेको बताउनुभयो ।

महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उहाँले प्रशंसा गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी सन्देश पढ्न यहाँ क्लिक गर्नुहोस्

अन्य

भिडियो