INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा कोभिड–१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये ८ ओटा छिमेकी मुलुकसँग सिमाना जोडिएका जिल्लाहरूलाई प्राथमिकतामा राखी कोरोनासँग जुध्ने कार्य भईरहेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ०७६ चैत २० गतेसम्ममा कोरोना भाइरससँग लड्न ३ हजार ६ सय ५८ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ ।

प्रदेशभरी ४ सय १ वटा आइसोलेसन वेडको व्यवस्था गरिएको छ । प्रदेश भरी चैत २० गतेसम्ममा ६ सय ७६ थान पीपीई (प्रर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ । प्रदेश १ मा यस अवधिमा ५९ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा ४२ जनाको रिपोर्ट नेगेटिभ र १७ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश १ का चैत २० गतेसम्मको अवधिमा प्रदेश १ का ९ ओटा जिल्लामा पीपीइ वितरण भएको छ । जसमा झापामा १ सय ओटा, सुनसरीमा १ सय ७२ वटा, संखुवासभामा ७६ वटा, भोजपुरमा १ ओटा, खोटाङमा २१ ओटा, इलाममा १३ ओटा, सोलुखुम्बुमा १ सय ४६, उदयपुरमा १३७ ओटा र पाँचथरमा १० ओटा वितरण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार चैत २० गते सम्म प्रदेश १ मा ३ स ८५ जना पुरुष र ३४ जना महिला गरी ४ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा २ हजार ४ जना पुरुष र ४ सय ६३ जना महिला गरी २ हजार ४ सय ६७ जनालाई राखिएको छ ।

प्रदेश १ मा झापामा ३ सय ७६ जना, मोरङमा ६ सय ३० जना, सुनसरीमा ३ सय ३ जना, धनकुटामा ९२ जना, तेहृथुममा १ सय २० जना, संखुवासभामा १ सय ६ जना, भोजपुरमा २ सय ६८ जना, खोटाङमा २ सय ८० जना, इलाममा २ सय ७७ जना, ओखलढुङ्गामा १ सय ८० जना, सोलुखुम्बुमा ४ सय ४१ ज्ना, उदयपुरमा ३ सय ८१ र पाँचथरमा २ सय ४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्रदेश १ मा ४ सय १ वटा आइसोलेसन वेडको निर्माण गरिएको छ । झापामा २७ ओटा, मोरङमा ९८ वटा, सुनसरीमा १ सय ४ ओटा, धनकुटामा १२, तेहृथुममा १४ ओटा, संखुवासभामा १६ ओटा, भोजपुरमा ६ ओटा, खोटाङमा ५ ओटा, इलाममा २ ओटा, ओखलढुङ्गामा ११ ओटा, सोलखुम्बुमा ३१ ओटा, उदयपुरमा ४२ ओटा, पाँचथरमा २२ ओटा र ताप्लेजुङमा ११ ओटा आइसोलेसन वेड तयार गरिएको छ । मोरङको झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएका आईसोलेशन वार्ड बन्द गरिएको छ । आईसोलेशनको वेडको मापदण्ड नपुगेकाले ८ वटा वेड बन्द गरिएको हो । यसअघि मोरङमा १ सय ६ वटा वेड संख्या रहेका थिए ।

मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत २० गते सम्म मोरङमा १ सय जना पुरुष र २ जना महिला गरी १ सय २ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी ७ सय ९६ जना पुरुष र १ सय ९६ जना महिला गरी ९ सय ९२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा ६६ ओटा फिवर क्लिीनिक मार्फत चैत २० गतेसम्म ४ सय ८८ जना महिला र ४ सय ५४ जना पुरुष गरी  ९ सय ४२ जनाको ज्वरो मापन गरिएको छ । मोरङमा ९ जनाको स्बाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट नगेटिभ र २ जनाको रिपोर्ट आउन बाँकी छ । आईसोलेशनमा ४ जना पुरुष रहेका छन् ।

सकारात्मक प्रयास– चैत २० गते केराबारी गाउँपालिकाले बडा नं. १ मा १ सय १२, वडा नं. २ मा ६७ र वडा नं ३ मा ७५ गरि २ सय ५४ घर परिवारका लागि ४ हजार ३ सय २० केजी चामल र खाध्य सामाग्री वितरण गरेको छ । प्रति परिवारलाई २० केजी चामल, १ केजी दाल, २ केजी नुन, १ लिटर तेल वितरण गरिएको गाउँपालिका उपप्रमुख शान्तिकुमारी लिम्वु भुजेलले बताउनुभयो ।

नेपाल उद्योग परिसंघले ११ लाख बराबरको खाद्यान्न सामाग्री प्रदेश १ सरकारलाई उपलब्ध गराएको छ । मुख्यमन्त्री शेरधन राईलाई परिसंघको तर्फबाट चामल, दाल, नुन, तेल र चिउरा सहितको खाद्यान्न सामाग्री परिसंघले उपलब्ध गराएको छ ।

प्रदेश १ सरकारले कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा चैत २० गते थप २१ लाख एक हजार रुपैयाँ थपिएको छ ।  कोषमा कुमारी बैंक लिमिटेडले १० लाख, माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख, गरिमा विकास बैंकले ५ लाख र निर्माण व्यवसायी संघ मोरङले एक लाख एक हजार मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।

ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लाको सिरीजंगा गाउँपालिकास्थित तेल्लोक माविमा निर्माण गरिएको क्वारेन्टाइनमा चैत २० गते ६ जनालाई राखिएको छ । गाउँपालिकाकै वडा नं.–७ खेवाङ घर भएका ६ जना पुरुषलाई राखिएको हो । गाउँपालिकाले तेल्लोक माविमा २० वेडको क्वारेन्टाइन र प्राथमिक स्वास्थ्य केन्द्रमा ४ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ । जिल्लाभर १ सय ४८ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । गाउँपालिकाले क्वारेन्टाइन निर्माण थप गरेकाले संख्या बढ्दै गएको प्रजिअ निरौलाले बताए । जिल्लाभर १ सय ४८ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । गाउँपालिकाले क्वारेन्टाइन निर्माण थप गरेकाले संख्या बढ्दै गएको प्रजिअ निरौलाले बताए ।

सकारात्कम प्रयास –फक्ताङलुङ्ग गाउँपालिकाले आर्थिक अवस्था कमजोर परिवारको तथ्याङ संकलन सुरु गरेको छ । प्रत्येक वडामा वडाअध्यक्षको नेतृत्वमा गठन गरिएको समितिले संकलन गरेको तथ्याङ पालिकालाई बुझाएलगत्तै राहत वितरण गरिने भएको छ । ४ जनासम्मको परिवारका लागि २५ केजी चामल,२ केजी नुन,२ लिटर तेल उपलब्ध गराउने गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार पोर्चुगलबाट आएका धनकुटाका एक युवकको कोरोना नमूना परीक्षण रिर्पोट नेगेटिभ आएको छ । ण्जिल्ला अस्पतालको आइसोलेशनमा उपचारत ती युवकको चैत २० गते कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान र राजधानीको टेकुमा स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन रेग्मीले जानकारी दिनु भयो । वैदेशिक रोजगारीबाट आएका जिल्लाका अन्य ६१ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सुचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनु भयो ।

सकारात्मक प्रयास– कोरोना भाइरस(कोभिड १९) सङ्क्रमित एवम् सङ्क्रमण आशङ्का गरिएका बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) व्यक्तिगत सुरक्षा उपकरण नेपाली सेनाले निर्माण गरी जिल्ला अस्पताललाई उपलब्ध गराएको छ । चैत २० गते नेपाली सेनाको बरख गण सल्लेरी ब्यारेकका सेनाहरुले स्थानीय स्रोत साधन एवम् घरेलु सामग्रीहरू प्रयोग गरेर तयार गरेको पीपीइ उपलब्ध गराएका हुन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालयका ४५ जना अलपत्र परेका मजदूरलाई यात्रा अनुमतिपत्र बनाएर घर फर्काएको छ ।

ओखलढुङ्गा प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार आइसोलेशनमा राखिएका २ जनाको स्वाव परीक्षणका लागि चैत २० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाईएको छ । क्वारेन्टाइनमा राखिएकाको संख्या ११ जनाको स्वास्थ्य स्थिर रहेको छ ।

सकारात्मक प्रयास– सिद्धिचरण नगरपालिकाले ४ जना मजदूरलाई खाद्यान्न सहयोग गरेको छ ।

उदयपुर प्रतिनिधि भरत खड्का अनुसार उदयपुरमा क्वरेन्टाइनमा बस्नेको संख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवदीका अनुसार रौतामाईमा ७ जना, त्रियुगा नगरपालिकाको मोतिगडामा ८ जना, बेलका नपामा ९ जना, कटारीमा २६ र लिम्चुङबुङ गाउँपालिकामा ११ जना गरी बस्नको संख्या ६१ पुगेको छ । आइसोलेशनमा भने जिल्ला अस्पतालमा दुई जना महिला राखिएको छ । बेलका नगरपालिकाले विदेशबाट आएका २५ जनाको स्वास्थ्य जाँच गरेको छ । सुवेदीका अनुसार बेलका नपामा २०, चौदण्डीमा ३२, त्रियुगामा २५, कटारीमा नपामा दुई सय, उदयपुरगढी गापामा २५, रौतामाई ३१, लिम्चुङ्गबुङ्ग २३ र ताप्लि गाउँपालिका २४ जनाको क्षमता गरी जिल्लाभरीमा क्वारेन्टाईनको क्षमता तीन सय ८१ जनाको रहेको छ ।

सकारात्मक प्रयास–स्थानीय प्रशासन, सुरक्षाकर्मीहरु खटिनुका साथै स्थानीय सरकारले विशेष चासो र सक्रियताकासाथ विदेशबाट आउने र कोरोना भाइरसको संकास्पद मानिसको खोजी थालेपछि क्वारेन्टाइनमा आउनेको संख्या बढेको जनस्वस्थ्य प्रमुख सुवदीले बताए । लकडाउन लम्बिदै जाँदा दैनिक मजदुरी गरी खाने जिल्लाका चार वटै नगरपालिकामा स्थानीयतहले विविन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा राहत वितरण कार्यलाई तिव्रता दिएका छन् ।

तेहृथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार चैत २० गते सम्म जिल्लामा ५ जनालाई क्वारेन्टाईनमा राखिएको छ । ३७ जनालाई  होम क्वारेन्टाईनमा राखिएको । ३ जनालाई आइसोलेशनमा राखिएको छ । २ जनाको स्वाब परीक्षण गरिए पनि रिपा्र्ट आएको छैन ।

सकारात्मक प्रयास– म्याङलुङ नगरपालिकाले नगरका बजार क्षेत्रमा चैत २० गते औषधि छर्किएको छ । म्याङलुङ बजार र जिरिखिम्ती बजारमा किटनासक औषधी छर्किएको हो । म्याङलुङ नगरपालिकाले वडानम्बर ३,८ र ९ मा राहत बितरण गरेको छ । वडा– ९ मा जम्मा ८७ घर परिवारलाई, वडा–८ मा ६८ घर परिवारलाइ र वडा–३ का ४९ परिवारलाई प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, १ केजी नुन र एक पोका तेल वितरण गरेको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुगेको छ । साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुगेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । साल्पासिलिछो गाउँपालिका वडा नं.१ कुलुङको काम्लेटारमा रहेको सिंहमालिका माध्यामिक विद्यालयको कोठामा नौ जना क्वारेन्टाइनमा रहेका छन् ।

पाँचथर प्रतिनिधि मङ्गल वेघाका अनुसार कोरोना भाईरस (कोभिड¬ १९) को आशंकामा जिल्ला अस्पतालमा रहेका तीन जना विरामी चैत १९ गते डिस्चार्ज भएका छन् । विदेशवाट आएका ती व्यक्तिहरुहरुको नमुना संकलन परिक्षण नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको सो अस्पतालले जनाएको छ । एक महिला र दुई पुरुष गरी तीन जनाको स्वाब परिक्षण गर्न १७ गते सुनसरी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सो अस्पतालका डाक्टर बुद्धिबहादुर थापाले बताए । उनीहरु चैत १४ गते सो अस्पतालमा भर्ना भएका थिए ।

जिल्लामा कोरोना संक्रमणको महाभारीलाई रोक्न जिल्ला सदरमुकाममा रहेका जिल्ला अस्पतालमा पाँच, समर्पित अस्पताल प्रालिमा ११ र पाथीभरा हस्पितल प्रालिमा छ गरी जम्मा २२ वेडको आईसोलेसन स्थापना गरिएका छन् ।  जिल्लाका आठ स्थानीय तहले २ सय सात वेडको क्वारेन्टाईन तयार गरेका छन । संक्रमणको शंका लागेका व्यक्तिहरुलाई राख्नका लागि याङवरक गाउँपालिकाले ३०, हिलिहाङ गाउँपालिकाले २८, फालेलुङ गाउँपालिकाले ४० र फिदिम नगरपालिकाले ४५ वेडको क्वारेन्टाईन निर्माण गरेका छन् । यसै गरी, फाल्गुनन्द गाउँपालिकाले १०, कुम्मायक गाउँपालिकाले १०, तुम्बेवा गाउँपालिकाले २९ र मिक्लाजुङ गाउँपालिकाले १५ वेडको क्वारेन्टाईन निर्माण गरेका हुन् ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार इलाम नगरपालिका,माइ नगरपालिका र सूर्योदय नगरपालिकाले चैत २० गते औषधि छर्किएका छन् । इलाम नगरपालिका–६ का जीवन शर्माले इलाम नगरपालिकाले स्थापना गरेको आकस्मिक विपद् राहत कोषमा १० हजार रुपियाँ सहयोग गर्नु भएको छ । सन्दकपुर गाँउपालिकाले किनारा पसलसँग समन्वय गरी दैनिक उपभोग्य सामानमा २ रुपियाँदेखि १० रुपियाँ सम्म प्रति केजी छुटमा किन्ने व्यवस्था गरेको छ ।

सोलुखुम्बु जिल्ला प्रतिनिधि भोजराज कार्कीका अनुसार चैत १९ गतेसम्म जिल्लामा २ जना लाई क्वारेन्टाइनमा राखिएको छ ।

सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत १९ गतेसम्मको अवधिमा सङ्खुवासभामा ७३ जना पुरुष र ७ जना महिला गरी ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अन्य

भिडियो