विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लक डाउनका कारण काठमाण्डौँ फर्कन नपाएका पर्यटकलाई सभापोखरी गाँउपालिकाले समन्वय गरी चैत १९ गते काठमाण्डौँ फर्काएको छ ।
सभापोखरी गाउँपालिकाले कैलाश एयरसँग समन्वय गरी अष्ट्रेलियाली दुई जना,क्यानाडेली दुई जना र एक जना फ्रान्सेली गरी पाँच जना विदेशी पर्यटकको उद्दार गरेको हो ।
सभापोखरी–२ बाहृविसे मकालु हिमाल ट्रेकिङका लागि आएको अवस्थामा लक डाउन भएपछि सो क्षेत्रमा फसेकालाई उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष राईले बताउनुभयो ।