३० वर्षीया महिलालाई चैत ११ गते बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका – १० का ३५ वर्षीय खडक नेपालीलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।
आफूमाथि बलात्कार भएको भन्दै पीडित महिलाले चैत १२ गते इलाका प्रहरी कार्यालय,मालाखेतीमा उजुरी दिएपछि आरोपितलाई इलाका प्रहरी कार्यालय,मालाखेतीले गिरफ्तार गरी चैत १३ गते जिल्ला प्रहरी कार्यालय,कैलालीमा पठाएको जिल्ला प्रहरी कार्यालयका सइ मोहनबहादुर सिंहले बताउनु भयो ।
आरोपित विरूद्व जिल्ला अदालत,कैलालीमा चैत १३ गते मुद्दा दार्ता गरी थप अनुसन्धान भइरहेको सइ सिंहको भनाइ छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १२ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको प्रहरीले जनायो ।