प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका कार्यकर्ता धनुषाधाम नपा–३ तेजनगर बस्ने ३५ वर्षीय गंगा मण्डल खत्वेलाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ ।

क्षिरेश्वरनाथ नपा–५ स्थित राजेश साहको घरमा मङ्सिर २८ गते राती १२ः३० बजे प्रहरी इन्स्पेक्टर लगायत तीन जनाको हत्या हुने गरि बम विस्फोट गरिएको थियो । बम विस्फोटमा परेर ४८ वर्षीय राजेश साह, ४२ वर्षीय प्रहरी इन्स्पेक्टर अमिर दाहाल र १७ वर्षीय आनन्द साहको मृत्यु भएको थियो । घटनामा परेर अन्य ४ जना घाइते समेत हुनुभएको थियो ।
बम विस्फोट घटनामा संलग्न आरोपित खत्वेलाई धनुषाधामको तेजनगरस्थित आफ्नै घरमा बसि रहेको बेलामा प्रहरीले गिरफ्तार गरेको हो । प्रदेश प्रहरी र ईलाका प्रहरी कार्यालय धनुषाधामको संयुक्त गस्ती टोलीले गिरफ्तार गरेको खत्वेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।
गिरफ्तार खत्वेको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।