१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा– १ का १७ वर्षीय बालकलाई चैत १० गते भैरहवा बजारबाट गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले फागुन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र उजुरीका आधारमा कारवाही अगाडि बढाइएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १० गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।