२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोलबजार नपा–१० का ४० वर्षीय रामकुमार यादव विरुद्ध पीडित परिवारले ईलाका प्रहरी कार्यालय गोलबजारमा चैत १० गते उजुरी दिनु भएको छ ।
पीडित परिवारका अनुसार आरोपितले चैत ४ गते महिलालाई बलात्कार प्रयास गरेको बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीका अनुसार आरोपित फरार रहेकोले खोज तलास भैरहेको बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १० गते भएको थियो ।